धनुषामा नागरिकताको दुरुपयोग गरी अनलाइन ठगी गर्ने ६ जना पक्राउ

जनकपुरधाम। धनुषामा सर्वसाधारणको नागरिकता तथा व्यक्तिगत कागजातको दुरुपयोग गरी अनलाइन ठगी गर्दै आएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता गणेशबहादुर बमले वैदेशिक रोजगारीबाट रेमिटान्स आएको रकम झिक्न आवश्यक पर्छ भन्दै नागरिकताको प्रतिलिपि र फोटो संकलन गरी त्यसकै आधारमा वालेट एकाउन्ट खोली ठगी गर्दै आएको गिरोहलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेहरूमा गणेशमानचार नगरपालिका–१ घर भई धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित मामा–भान्जा ट्रेडर्स (आईएमई) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, धनुषाधाम–९ का ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधु राम, २२ वर्षीय बलराम मण्डल, २० वर्षीय रुपेश कुमार साह र १९ वर्षीय निक्की कुमार राम रहेका छन्।

प्रहरीका अनुसार आईएमई सञ्चालक भुजेलले धारापानी क्षेत्रका २९ जनाका कागजात प्रयोग गरी झुक्याएर वालेट एकाउन्ट खोलेका थिए। ती वालेटमार्फत सामान बिक्रीको नाममा रकम मगाई ठगी गरिएको र ती वालेटहरूमा करिब ३९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको खुलासा गरिएको छ। हाल करिब ४ लाख रुपैयाँ वालेटमै ब्लक अवस्थामा रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानअनुसार भुजेलले वालेट आईडी तयार पारेबापत छिमेकी मोबाइल पसल सञ्चालक सन्तोष मण्डललाई प्रतिआईडी १ हजार ५ सयदेखि २ हजार रुपैयाँ लिने गरेका थिए। मण्डलले नयाँ सिम कार्ड लिन आउने सेवाग्राहीहरूलाई झुक्याएर आवश्यकभन्दा बढी सिम दर्ता गरी ती सिममार्फत वालेट खोल्न प्रयोग गर्ने गरेको खुलेको छ।

साधु रामले ती वालेटका क्यूआर कोड अन्य ठगी समूहलाई उपलब्ध गराई २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको र बाँकी रकम ठगी गर्ने व्यक्तिलाई दिने गरेको प्रहरीले जनाएको छ। बलराम, रुपेश र निक्कीले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर लत्ताकपडा, फर्निचर, मोटरसाइकललगायतका सामानको फोटो तथा भिडियो पोस्ट गरी सर्वसाधारणलाई ठगी गर्ने गरेका थिए।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, ल्यापटप ४ थान, एप्पलका आइप्याड १२ थान, सिम कार्ड २० थान, सिम कभर ५५ थान तथा इन्टरनेट राउटर ३ थान बरामद गरेको छ।

प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले आईटी अध्ययनरत तथा सामाजिक सञ्जालमा सक्रिय युवाहरू समेत यस किसिमका अपराधमा संलग्न देखिएको बताए। ठगीमा प्रयोग भएका कागजातका धनीलाई यसबारे जानकारी नै नभएको र ढल्केवर ट्रान्समिसन लाइन क्षेत्रमा काम गर्ने नेपाली तथा भारतीय कामदारहरू बढी प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको र अन्य पीडित तथा संलग्न व्यक्तिहरू पनि फेला पर्न सक्ने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता डा. सुनिल रञ्जन सिंह नियुक्त

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता डा. सुनिल रञ्जन सिंह नियुक्त

यानको अगुवाईमा पर्यावरण शहिदन दिलिप महतोको छैठौँ श्रद्धाञ्जली कार्यक्रम काठमान्डौँमा

यानको अगुवाईमा पर्यावरण शहिदन दिलिप महतोको छैठौँ श्रद्धाञ्जली कार्यक्रम काठमान्डौँमा

धनुषामा जग्गा विवादका क्रममा झडप, दर्जनभन्दा बढी घाइते

धनुषामा जग्गा विवादका क्रममा झडप, दर्जनभन्दा बढी घाइते

मधेश प्रदेशबाट राष्ट्रिय सभाका लागि निर्धारित चार पदमा ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराए

मधेश प्रदेशबाट राष्ट्रिय सभाका लागि निर्धारित चार पदमा ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराए

धनुषामा सामाजिक सञ्जालमार्फत समुदाय लक्षित गालीगलौज र धार्मिक ग्रन्थ जलाएको आरोपमा तीन जना पक्राउ

धनुषामा सामाजिक सञ्जालमार्फत समुदाय लक्षित गालीगलौज र धार्मिक ग्रन्थ जलाएको आरोपमा तीन जना पक्राउ

नेकपा एमालेका युवा नेता यादब द्वारा लक्ष्मिनिया गाउँपालिकामा जाडो पीडितलाई दाउरा वितरण

नेकपा एमालेका युवा नेता यादब द्वारा लक्ष्मिनिया गाउँपालिकामा जाडो पीडितलाई दाउरा वितरण

लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ

लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर