घरको नक्सा कन्सल्टेन्सीको जिम्मेवारी, पालिकाले सेवाग्राहीलाई दुःख नदिनूः इन्जिनियर यादव

जनकपुरधाम। धनुषाको लक्की इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक इन्जिनियर बिरेन्द्र यादवले घर निर्माणसम्बन्धी नक्सा तयार गर्ने सम्पूर्ण जिम्मेवारी कन्सल्टेन्सीको हुने स्पष्ट गर्दै पालिकाहरूले सेवाग्राहीलाई अनावश्यक रूपमा परेशान नगर्न आग्रह गर्नुभएको छ।

इन्जिनियर यादवका अनुसार घर निर्माणका लागि आवश्यक नक्सा तयार गर्ने, डिजाइन मिलाउने तथा प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य कन्सल्टेन्सीहरूले नै गर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी पनि सोही संस्थामाथि रहने गर्दछ। नगरपालिकाको भूमिका भने नक्सा पास गर्ने कानुनी प्रक्रिया पूरा गर्नेमा मात्र सीमित हुने उहाँको भनाइ छ।

उहाँले सेवाग्राहीलाई अनावश्यक कागजी झन्झटमा पार्ने प्रवृत्ति रोक्न सुझाव दिँदै भन्नुभयो,

“घरको नक्सा कन्सल्टेन्सीहरूले बनाउने हो, जिम्मेवारी पनि कन्सल्टेन्सीहरूको नै हुन्छ। त्यसपछि मात्रै नगरपालिकाले नक्सा पास गर्ने प्रक्रिया अघि बढाउँछ। त्यसैले पालिकावासीलाई अनावश्यक रूपमा दुःख दिन मिल्दैन।”

इन्जिनियर यादवले नक्सा पास गर्ने प्रक्रियामा पारदर्शिता, सरल सेवा प्रणाली र समयमै काम सम्पन्न हुने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउनुभएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार