
काठमाडौं । सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ । अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।