जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त हुनुभएका मन्त्रीहरूमा मनिष कुमार सुमन – श्रम तथा यातायात मन्त्रीरा,जकुमार गुप्ता – भौतिक पूर्वाधार तथा विकास मन्त्री,शंकर प्रसाद चौधरी – वन तथा वातावरण मन्त्री,श्याम प्रसाद पट्टेल – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री,बसन्त कुसवाहा – खेलकुद तथा समाज कल्याण मन्त्री,फकिरा महतो – गृह, सञ्चार तथा कानून मन्त्री रहनुभएको छ।
शपथग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, सभामुख रामआशिष यादव, प्रदेश सरकारका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै १२ वटै मन्त्रालयले नेतृत्व पाएसँगै मधेश प्रदेश सरकार पूर्ण भएको जानकारी दिनुभयो।
