लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ

उत्तर प्रदेश । भारतको महाराजगञ्जस्थित नेपाल–भारत सीमा नजिकैबाट लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।

उत्तर प्रदेश प्रहरीका अनुसार उनीहरूको साथबाट २७।५२ ग्राम स्म्याक ९मिसावट गरिएको हेरोइन० बरामद गरिएको छ, जसको अवैध बजार मूल्य करिब २८ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । पक्राउ पर्नेहरूमा रूपन्देही जिल्ला निवासी २९ वर्षीय रजनीश कुमार निषाद, २१ वर्षीय मोहित केवट र २१ वर्षीय खोबलाल केवट रहेका छन्। मंगलबार राति सुनौली थाना क्षेत्र अन्तर्गतको हल्दी डलीमा सशस्त्र सीमा बल ९एसएसबी० र स्थानीय प्रहरीको संयुक्त टोलीले नियमित जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्र मिनाले दिएको जानकारी अनुसार अभियुक्तहरू भारतबाट नेपालतर्फ जाँदै गर्दा पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको लागूऔषधका साथै एउटा मोटरसाइकल समेत जफत गरेको छ । प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले त्यस क्षेत्रका युवाहरूलाई प्रतिबन्धित लागूऔषध आपूर्ति गर्ने गरेको स्वीकार गरेका छन् ।

पक्राउ परेका तीनै जना विरुद्ध लागूऔषध ओसारपसार नियन्त्रण ऐन ९एनडीपीएस एक्ट० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी