“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

जनता 4k न्युज जनकपुरधाम — धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपही क्षेत्रमा निर्माणाधीन सडकको विवाद फेरि चर्किएको छ।

सार्वजनिक सडकको जग्गा संरक्षण तथा अतिक्रमण हटाएर सडक निर्माण अगाडि बढाउने उद्देश्यले नापी टोली परिचालन गरिए पनि वडा अध्यक्षको अनुपस्थितिका कारण काम प्रभावित भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

स्थानीयवासीका अनुसार सपही चौकस्थित विद्यालय क्षेत्रदेखि नारायण चौक हुँदै काली ठाकुरको फूलबारीसम्म निर्माणाधीन सडकको काम विगत केही वर्षदेखि विभिन्न अवरोधका कारण अन्योलमा परेको छ। उक्त सडक निर्माणका लागि नेपाल सरकार अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको आयोजना व्यवस्थापन इकाई धनुषाबाट बजेटसमेत विनियोजन हुँदै आएको बताइएको छ।

सार्वजनिक सडक अतिक्रमण भएको भन्दै स्थानीयवासीले यसअघि पनि सम्बन्धित निकायमा पटक–पटक निवेदन दिएका थिए। सोही आधारमा नापी कार्यालय धनुषाबाट आज नाप–नक्सा तथा रेखांकन कार्य अगाडि बढाउन टोली खटाइएको थियो। नापी शाखाका कर्मचारी, अमिन, नापी प्रमुख, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, लक्ष्मीनियाँ प्रहरी चौकी तथा सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुगेको थियो।

तर स्थानीयका अनुसार वडा अध्यक्ष रमेश कुमार साह लाई पटक–पटक सम्पर्क गर्दा न फोन उठाइएको न त कुनै जवाफ दिइएको आरोप लगाइएको छ। वडा अध्यक्षकै अनुपस्थितिका कारण नापी प्रक्रिया अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन्। स्थानीयहरूको भनाइ छ, “जनप्रतिनिधि नै जिम्मेवार भएर उपस्थित नहुँदा विकास निर्माणको काम बारम्बार रोकिएको छ।

यदि सडक सार्वजनिक हो भने नापी भएर निर्माण कार्य अगाडि बढ्नुपर्छ, तर जनप्रतिनिधिकै कारण काम अवरुद्ध हुनु दुःखद हो। ”यता जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको पछिल्लो निवेदनमार्फत सार्वजनिक सडक खुला गराई निर्माण कार्य सुचारु गर्न माग गरिएको छ। साथै लक्ष्मीनियाँ गाउँपालिकाले समेत नापी टोलीलाई सुरक्षा उपलब्ध गराइदिन प्रशासनसँग औपचारिक अनुरोध गरेको पत्र सार्वजनिक भइसकेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो द्वारा हस्ताक्षरित पत्रमा गणेश यादवको राइस मिलदेखि पल्ट यादव र रामहित चौधरीको घर हुँदै काली ठाकुर फूलबारीसम्मको सडकको नाप–नक्सा तथा रेखांकन कार्य सम्पन्न गराउन सुरक्षा व्यवस्थाको माग गरिएको उल्लेख छ।

स्थानीयवासीले अब प्रश्न उठाउन थालेका छन्—
“विकास निर्माणको काम रोक्ने दोषी आखिर को ? स्थानीय जनता कि आफ्नै जनप्रतिनिधि ?”

सडक निर्माण, सार्वजनिक जग्गा संरक्षण र विकास योजनालाई लिएर उत्पन्न विवादले अब लक्ष्मीनियाँमा राजनीतिक र सामाजिक बहससमेत तातेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी