सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

जनता 4k न्युज सिरहा । सिरहा नगरपालिकाको मुख्य सडकमा बहुप्रतीक्षित कालोपत्रे (पिच) कार्य सुरु भएको छ । वर्षौंदेखि धुलो, हिलो तथा जामको समस्या झेल्दै आएका स्थानीय बासिन्दाले सडक निर्माण कार्य सुरु भएपछि राहत महसुस गरेका छन् ।

नगरपालिकाले सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै मुख्य सडक कालोपत्रे कार्य अघि बढाएको जनाएको छ । अहिले सडक क्षेत्रमा ग्राभेल मिलाउने, रोलर सञ्चालन गर्ने तथा पिच बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ ।

नगर प्रमुख डा. नबिन यादव ले नगरको विकास निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताउँदै नागरिकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने,

“सिरहाको मुख्य सडक लामो समयदेखि समस्याग्रस्त अवस्थामा थियो । नागरिकले दैनिक रूपमा धुलो र हिलोको समस्या भोग्नुपरेको थियो । अब सडक कालोपत्रे भएपछि आवतजावत सहज हुनुका साथै नगरको सौन्दर्य पनि बढ्नेछ । हामी विकास निर्माणका कामलाई तीव्रता दिएका छौं ।”

स्थानीय व्यवसायी तथा सर्वसाधारणले सडक निर्माण कार्यले बजार क्षेत्रको व्यापार, यातायात र दैनिक जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

नगरपालिकाका अनुसार निर्धारित समयभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक निर्माण सम्पन्न भएपछि स्थानीय नागरिकलाई सहज यातायात सेवा उपलब्ध हुनुका साथै नगरको समग्र विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी