अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर

काठमाडौँ । अमेरिकामा ७७ वस्तुको निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर लाग्ने भएको छ । सन् २०१५ देखि अमेरिकाले नेपालका विभिन्न वस्तु आयातमा दिँदै आएको कर छुट सुविधा आजदेखि अन्त्य भएको हो ।

नेपालमा गएको भूकम्प गएपछि अमेरिकाले नेपाललाई सहयोगस्वरुप यस्तो ट्यारिफ छुटको व्यवस्था गरेको थियो । यस अन्तर्गत नेपाली पस्मिनाका सल, मफलर, टोपी, लगायतका ४८ वस्तुहरू अमेरिकामा निर्यात हुँदै आएका छन् । छुट सुविधा दिए पनि बाँकी वस्तु भने निर्यात हुन सकेका थिएनन् ।

यो सुविधा अन्त्य भएसँगै नेपाली वस्तुले २६ प्रतिशतसम्म कर तिर्नुपर्ने नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष रमेश बहादुर पोखरेल बताउँछन् । यो ट्यारिफमध्ये १० प्रतिशत अमेरिकाले लगाइएको बेसलाइन ट्यारिफ अन्तर्गतको हो भने बाँकी छुट सुविधा अन्त्य भएबापतको हो ।

‘हिजोसम्म हामीले सबै आइटममा १० प्रतिशत तिथ्र्यौं, अब २६ प्रतिशतसम्म तिर्नुपर्छ,’ पोखरेल भन्छन्, ‘हामीले सुविधा पाएका वस्तुमा अमेरिकाले ६ देखि १६ प्रतिशतसम्म ट्यारिफ लाग्ने गरेको छ ।’

सुविधा अन्त्य हुने समय नजिकिएसँगै निर्यातकर्ता सम्बद्ध व्यावसायिक संघका पदाधिकारीहरूले सुविधा निरन्तरताको लागि पहल गरिदिन भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले यसका लागि पहल गरेपछि छुट सुविधा अन्त्य हुने दिनसम्म यसको रिजल्ट नदेखिएको पोखरेल बताउँछन् ।

‘हामीले भूकम्प मात्रै होइन, त्यसपछि कोभिड लगायत धेरै समस्या झेल्यौं, त्यसैले यसलाई कम्तीमा पाँच वर्षका लागि निरन्तरता दिनुपर्छ भन्ने हाम्रो भनाइ थियो, त्यो हुन सकेन, अब पूरै ट्यारिफ तिर्नुपर्छ’ पोखरेल भन्छन् ।

कस्तो पर्छ असर ?

अमेरिकाले दिँदै आएको सुविधा घटेसँगै अब अमेरिकामा जाने सामान ६ देखि १६ प्रतिशत महँगो पर्नेछ । यसले प्रतिस्पर्धात्मक क्षमता घटाउने व्यवसायीहरू बताउँछन् । यसले उत्पादनदेखि रोजगारीसम्मै असर पर्न सक्छ ।

यद्यपि अहिले अमेरिकाले लगाएको रेसिप्रोकल ट्यारिफका कारण भने नेपाली निर्यातकर्ताको प्रतिस्पर्धी क्षमता बढेको छ । अहिले अमेरिकाले भारत, बङ्गलादेश लगायत देशसँग ठुलो मात्रामा रेसिप्रोकल ट्यारिफ असुल गर्दै आएको छ । जुन नेपालका लागि शून्य प्रतिशत छ ।

गार्मेन्टको निर्यातमा बङ्गलादेश र भारत नेपालको प्रमुख प्रतिस्पर्धी राष्ट्र मानिन्छन् ।

@onlinekhabar

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी