मधेश प्रदेशबाट राष्ट्रिय सभाका लागि निर्धारित चार पदमा ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराए

सम्पादित समाचार

मधेश प्रदेशबाट राष्ट्रिय सभाका लागि निर्धारित चार पदमा ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय, मधेश प्रदेश जनकपुरधामका अनुसार अन्य, महिला, दलित र अपाङ्गता भएका व्यक्ति/अल्पसङ्ख्यक समुदायतर्फ गरी चार वटा पदका लागि विभिन्न राजनीतिक दलका ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा (माओवादी केन्द्र) ले चारै समूहमा उम्मेदवारी दिएको छ। त्यसैगरी, जनता समाजवादी पार्टी नेपालले तीन, नेपाली कांग्रेसले दुई तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक–एक पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका छन्।

दलित समूहमा जसपा नेपालकी चमेली देवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारीको उम्मेदवारी दर्ता भएको छ।

त्यसैगरी, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। यसबारे निर्वाचन अधिकृत सुभाष बाबु पुरीले जानकारी दिएका छन्।

मधेश प्रदेशमा प्रदेशसभा सदस्य १०४ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २६६ गरी ३७० जना मतदाता रहेका छन्।

मधेश प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपा नेपालबीच गठबन्धन बनेको छ। लोसपा नेपाल र जसपा नेपालबीच पार्टी एकीकरणको निर्णय भइसके पनि औपचारिक निर्णय भने अझै नभएको सो पार्टीका नेता सदाशिव मिश्रले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता डा. सुनिल रञ्जन सिंह नियुक्त

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता डा. सुनिल रञ्जन सिंह नियुक्त

यानको अगुवाईमा पर्यावरण शहिदन दिलिप महतोको छैठौँ श्रद्धाञ्जली कार्यक्रम काठमान्डौँमा

यानको अगुवाईमा पर्यावरण शहिदन दिलिप महतोको छैठौँ श्रद्धाञ्जली कार्यक्रम काठमान्डौँमा

धनुषामा जग्गा विवादका क्रममा झडप, दर्जनभन्दा बढी घाइते

धनुषामा जग्गा विवादका क्रममा झडप, दर्जनभन्दा बढी घाइते

मधेश प्रदेशबाट राष्ट्रिय सभाका लागि निर्धारित चार पदमा ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराए

मधेश प्रदेशबाट राष्ट्रिय सभाका लागि निर्धारित चार पदमा ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराए

धनुषामा सामाजिक सञ्जालमार्फत समुदाय लक्षित गालीगलौज र धार्मिक ग्रन्थ जलाएको आरोपमा तीन जना पक्राउ

धनुषामा सामाजिक सञ्जालमार्फत समुदाय लक्षित गालीगलौज र धार्मिक ग्रन्थ जलाएको आरोपमा तीन जना पक्राउ

नेकपा एमालेका युवा नेता यादब द्वारा लक्ष्मिनिया गाउँपालिकामा जाडो पीडितलाई दाउरा वितरण

नेकपा एमालेका युवा नेता यादब द्वारा लक्ष्मिनिया गाउँपालिकामा जाडो पीडितलाई दाउरा वितरण

लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ

लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर