धनुषाको मिथिला बिहारी नगरपालिका द्धारा मनाईयो २२औँ राष्ट्रिय धान दिवस २०८२

जनता 4k न्युज जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका द्धारा राष्ट्रिय धान दिवस असार–१५ को अवसमा न.पा. वडा नम्बर ८ कचुरीमा रोपाई गरेर मनाएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख राजेन्द्र प्रसाद यादवले मिथिला बिहारी नगरका हरेक जनतालाई उत्पादनसँग जोड्ने तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउने योजनासाथ नगरपालिका अघि बढेको बताए ।

‘धान बालीमा सधनता, खाधसुरक्षा र आत्मनिर्भरत’–भन्ने मूल नारासाथ २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा असारे गीतमा रमाउँदै जनप्रतिनिधिहरुले रोपाई गरेका थिए । नगर प्रमुख यादवले मिथिला बिहारीलाई वातावरणीय हिसाबले हरियाली बनाउनुका साथै उत्पादनका हिसाबले पनि अब्बल पालिकाका रुपमा बिकास गर्नका लागि सबै नागरिकको सहयोग र साथ आवश्यक रहेको उल्लेख गरे । नगरमा भौतिक तथा पूर्वाधारको विकासमात्र नभई अब मानवीय विकासमा जोड दिनु पर्ने भएकाले सबैलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राखे ।

यसैगरी मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले मानोरोपेर मुरी उब्जाउने दिनको रुपमा रहेको असार–१५ मात्र नभई अन्य समयमा समेत कृषिकर्ममा लाग्न आग्रह गरिन् । कृषिको व्यवसायीकरण, आधुनिक कृषि प्रविधिको बिकास तथा बजारीकरणलाई व्यवस्थित गरी व्यवसायीक कृषि विकासका लागि नगरपालिकाले योजनावद्ध काम गरिरहेको उल्लेख गरे । बि.स. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका मानिसको पेसा खेतिपाति नै हो भने उहाँले बेख्या गर्नु भए ।

यसैगरी नगरपालिकाको कृषि प्रमुख गोबिन्द यादवले भने सरकारले समयमै प्रयाप्त मलखाद, बिउविजन र उत्पादनको उचित बजारिकरणमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुपर्दछ अनि मात्र किसानले राहत पाउँछन । असार–१५ को अवसरमा एक–आपसमा शुभकामना आदानप्रादनसहित दही, चिउरा, आपँ खाएर मनाइएको थियो । किसानले धानबाली प्रति देखाएको सम्पूर्ण गरेको मिहीनेतमा सरकारले पनि थप प्रोत्साहन दिने खालका किसान मैत्री नीति तथा कार्यक्रम ल्याएर लागु गर्न सकियो भने यसले आत्मनिर्भरताका साथै मुलुककै समृद्धि समेतमा टेवा पुग्नेछन ।

यस नगरपालिकाका लेखा अधिकृत सुभास झाले भने खेतमै असार १५ का दिन दही, चिउरा खाएर रोपाइँमा हुने व्यस्तताको आफ्नै आनन्द छ । ‘मानु रोपेर मुरी फलाउने’ अवसरका रुपमा रहेको रोपाइँप्रति नै नेपाली किसानहरु दत्तचित्त भएर लागेको पाईन्छ । समयमा रोप्न सके मात्र वर्षभरिको खाद्यान्नको जोहो गर्न सम्भव हुने, बढी उत्पादन गर्न सके त्यसैलाई बिक्री गरेर गर्जो टार्न सकिने भएका कारण नेपाली किसानहरुका लागि रोपाइँ, पर्वसरह बन्दै आएको छ ।

राष्ट्रिय धान दिवस रोपाई कार्याक्रममा वडा नम्बर १ देखि १० सम्मका सम्पुर्ण वडा अध्यक्ष, नगरपालिकाका सम्पुर्ण कर्मचारी , वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, अन्य जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार र कृषकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले मिथिला बिहारीको जमिनलाई खाली नराखी उत्पादनमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी