धनुषाकी नेतृ यशोधा देवी यादव समानुपातिकबाट सांसद बनेपछि स्थानीयमा खुशी

जनता 4k न्युज जनकपुरधाम। नेकपा एमालेको तर्फबाट समानुपातिक प्रणालीमार्फत धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी नेतृ यशोधा देवी यादवलाई प्रतिनिधिसभा सदस्य (सांसद) को जिम्मेवारी प्रदान गरिएकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूले खुशी व्यक्त गरेका छन्।

धनुषाका स्थानीय नेताहरूले पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता रघुवीर महासेठले पार्टीको तर्फबाट यादवलाई संसदमा प्रतिनिधित्व गर्ने अवसर दिलाएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

क्षेत्रका नेता तथा कार्यकर्ताहरूले यो निर्णयले धनुषा जिल्लाको आवाज राष्ट्रिय राजनीतिमा अझ सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले क्षिरेश्वरनाथ नगरपालिकाकी कर्मठ नेतृ यादव समानुपातिक प्रणालीमार्फत सांसद बन्नु गौरवको विषय भएको बताएका छन्।

नेताहरूले नव–निर्वाचित सांसद यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको नेतृत्वमा जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठ्ने अपेक्षा व्यक्त गरेका छन्।

स्थानीय कार्यकर्ताहरूका अनुसार यो नियुक्तिले क्षिरेश्वरनाथ नगरपालिका लगायत धनुषा क्षेत्रका जनताको आशा, विश्वास र प्रतिनिधित्वलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी