बसले किचेपछि एक बालिकाको घटनास्थलमै मृत्यू

जनता 4K जनकपुरधाम । स्कूल बसले ठक्कर दिएपछि एक बालिकाको घटनास्थलमै ज्यान गएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ बजारस्थित नै आज विहिबार विहान ठक्कर दिएको जनाइएको छ । ठक्कर दिएपछि तत्कालै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

धनुषाधामस्थित रहेको बाल आवासीय ईंगलिस बोर्डिँग स्कूलको ना १ क ९६९६ नम्बरको बसले स्थानीय व्यवसायी किशोरी ठाकुरको अढाई बर्षिय छोरी मनिता ठाकुरलाई ठक्कर दिएको जनाइएको छ ।

धनुषाधामस्थित ठाकुरको पसल रहेको छ । सडकको दुवै पेटीमा उनको आयरन स्टोर रहेको छ । एक पसलबाट अर्को पसलमा जाँदै गर्दा स्कूल बसले किचेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

बस चालकलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ भने अहिलेसम्म चालकको नाम भने खुलाइएको छैनन् । चालकको नाम नखुलाएपछि चालक परिवर्तन गर्ने षडयन्त्र हुन सक्ने जनाइएको छ ।

धनुषामा सँचालनमा रहेको दर्जनौ नीजि विद्यालयको बस चालकसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) छैनन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार