अपाङ्ग बालकलाई व्हीलचेयर सहयोग, समाजसेवी अजय यादवद्वारा मानव सेवाको उदाहरण

जनता 4k न्युज काठमाडौं । खुटाले हिँड्न नसक्ने एक बालकलाई समाजसेवी अजय यादवले व्हीलचेयर प्रदान गरेका छन्। बालकको दैनिकी सहज बनाउन सानो सहयोग स्वरूप उक्त व्हीलचेयर हस्तान्तरण गरिएको हो।

व्हीलचेयर प्रदान गर्दै यादवले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै आफ्नो सानो प्रयासले ती बालकको जीवनमा केही सहजता आउने विश्वास व्यक्त गरे। उनले यस प्रकारका सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए।

स्थानीयस्तरमा गरिएको यस सहयोगले बालक मात्र नभई उसका परिवारलाई समेत राहत पुगेको छ। समाजमा यस्ता सेवामूलक कार्यहरूले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

समाजसेवी यादवको यो कार्यलाई स्थानीय बासिन्दाहरूले प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगी गतिविधिहरू बढ्दै जाने अपेक्षा गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार