जनताको आवाज नै एजेन्डा’—दिपक कार्कीको घरदैलो अभियान सुरु

मौसम झा जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिपक कार्की (बाबा)ले आइतबारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन्।

अभियानको पहिलो दिन उनले हँसपुर नगरपालिका वडा नं. २ बकचौरा र वडा नं. ३ मझौरामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरे। स्थानीय मतदाताले बकचौरा र मझौरामा कार्कीलाई सम्मानसहित स्वागत गरेका थिए।

घरदैलोका क्रममा कार्कीले स्थानीय बासिन्दासँग व्यक्तिगत रूपमा संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिए। भेटघाट कार्यक्रममा उनले स्थानीय विकास, शिक्षा, स्वास्थ्य सेवा तथा आधारभूत पूर्वाधार सुधारलाई आफ्नो प्रमुख प्राथमिकताका विषय भएको बताए।

कार्यक्रममा बोल्दै कार्कीले भने,
“जनताको आवाज सुन्नु र उनीहरूको समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ। सबै मिलेर गाउँ र क्षेत्रको समग्र विकासमा जुट्नुपर्छ।”

घरदैलो अभियानमार्फत समुदायसँग नजिकिँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने र आफ्नो चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको कार्कीले बताए।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार