सप्तरी–४ मा डा. बबी सिंह यादवको उम्मेदवारीप्रति जनताको उत्साह, विकास एजेन्डासहित चुनावी मैदानमा

जनता 4k न्युज सप्तरी। सप्तरी क्षेत्र नम्बर ४ मा डा. बबी सिंह यादवको उम्मेदवारी घोषणा भएसँगै स्थानीय जनतामा उत्साह देखिएको छ। उम्मेदवारी दिएको दिनदेखि नै क्षेत्रका मतदाताहरूले उनलाई भारी बहुमतले विजय गराउने उद्देश्यसहित साथ दिइरहेका बताएका छन्।

डा. यादवले क्षेत्रका विकास, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसम्बन्धी दीर्घकालीन समस्यालाई प्राथमिकतामा राख्दै आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। जनताको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्दै समग्र क्षेत्रको समृद्धिका लागि योजनाबद्ध रूपमा काम गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले बताए।

उक्त कार्यक्रम क्षेत्र नम्बर ४ का विभिन्न राजनीतिक तथा सामाजिक अगुवाहरूको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष मनिष यादव, केन्द्रीय महासचिव दिपु कापरी, पूर्व उपमहासचिव विशाल यादव, धनुषा जिल्ला अध्यक्ष मदन साह, युवा नेता अवधेश यादव, जसपा नेपालका केन्द्रीय सदस्य अशोक यादव तथा युवा केन्द्रीय सचिव बिनय यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, सप्तरी क्षेत्र नम्बर ४ का विभिन्न पालिकाबाट आएका युवा नेताहरू तथा लामो समयदेखि पार्टीमा सक्रिय नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले क्षेत्रको समग्र विकास, युवाको सक्रिय सहभागिता र संगठन सुदृढीकरणमा विशेष जोड दिँदै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै विकासमुखी नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार