जनकपुरधाम। धनुषा क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रमेश्वर साहको घरदैलो अभियान तीव्र रुपमा अघि बढिरहेको छ। निकै रोचक मानिएको यस क्षेत्रमा जसपाको पक्षमा माहोल बन्दै गएको दाबी गरिएको छ।

जसपा जनकपुरधामका नगर सचिव प्रशान्त झाले पार्टीको जित निश्चित रहेको बताएका छन्। उनले भने, “मन मे छाता, मत मे छाता,” भन्दै मतदातालाई छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

जसपाले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा प्रस्तुत गरिरहेको जनाएको छ।
