सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी अभियान युवा परिचालनमा तीव्र

जनता 4k न्युज सप्तरी। सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवको क्षेत्रमा समाजवादी युवा संघका अध्यक्ष मनिष यादवले चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष यादवलाई भारी बहुमतले विजय गराउन समाजवादी युवा संघका साथीहरूले विभिन्न गाउँ–टोलमा भेटघाट तथा जनसम्पर्क कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् भने समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष मनिष यादवले जानकारी दिए। कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

उक्त अभियानका क्रममा यादवले मधेसी, दलित, पिछडिएको तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्‍याउँदै समावेशी विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

समाजवादी युवा संघका कार्यकर्ताहरूले घरदैलो अभियान,तथा प्रचार–प्रसार कार्यक्रममार्फत उम्मेदवार यादवलाई भारी मतले विजयी गराउने लक्ष्यसहित सक्रिय रूपमा परिचालन भइरहेको बताएका छन्।

समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष मनिष यादव, केन्द्रीय महासचिव दिपु कापरी, पूर्व उपमहासचिव विशाल यादव, समाजवादी युवा संघका सप्तरी अध्यक्ष केदार कुमार यादव,समाजवादी युवा संघका धनुषा जिल्ला अध्यक्ष मदन साह, युवा नेता अवधेश यादव, जसपा नेपालका केन्द्रीय सदस्य अशोक यादव तथा युवा केन्द्रीय सचिव बिनय यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

स्थानीय युवाहरूले पनि परिवर्तन, पहिचान र अधिकारको सुनिश्चितताका लागि यस निर्वाचनलाई निर्णायक अवसरका रूपमा लिएको बताएका छन्। चुनावी माहोलसँगै सप्तरी–३ मा जसपा नेपालको गतिविधि दिनप्रतिदिन थप सक्रिय बन्दै गएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार