धनुषा–१ मा जसपा उम्मेदवार दीपक कार्कीको पक्षमा युवा परिचालन तीव्र

जनता 4k न्युज धनुषा — धनुषा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका लागि दीपक कार्कीको चुनावी अभियानलाई लक्षित गर्दै समाजवादी युवा संघ, नेपाल ले निर्वाचन परिचालन समिति गठन गरी सक्रिय रूपमा प्रचार–प्रसार सुरु गरेको छ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार कार्कीको पक्षमा युवाहरूलाई संगठित गर्दै घरदैलो, मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाइएको युवा संघले जनाएको छ। क्षेत्रका विभिन्न वडाहरूमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, विकासका एजेन्डामाथि छलफल तथा पार्टीको नीति–कार्यक्रमबारे जानकारी गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ।

युवा नेताहरूले मधेशको पहिचान, अधिकार सुनिश्चितता, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका मुद्दालाई केन्द्रमा राख्दै मतदातालाई जसपा नेपालका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका छन्।

निर्वाचन परिचालन समितिले आगामी दिनमा थप सशक्त ढंगले प्रचार अभियान विस्तार गर्दै क्षेत्रभर युवाशक्ति परिचालन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार