महोत्तरी–२ मा सरद सिंह भण्डारीको जित सुनिश्चित गर्न युवा अभियानमा तीव्र

जनता 4k न्युज महोत्तरी। महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सरद सिंह भण्डारीलाई भारी बहुमतले विजयी गराउने लक्ष्यसहित क्षेत्रीय युवा परिचालन समिति गठन गरिएको छ।

समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष मनिष यादवको नेतृत्वमा आयोजित कार्यक्रममार्फत स्थानीय युवाहरूलाई संगठित गर्दै चुनावी अभियानलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको हो। कार्यक्रममा वक्ताहरूले परिवर्तन, पहिचान, अधिकार र विकासका मुद्दालाई जनतामाझ सशक्त रूपमा लैजान युवाहरूको भूमिका निर्णायक हुने बताएका थिए।

कार्यक्रममा समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष मनिष यादव, केन्द्रीय महासचिव दिपु कापरी, समाजवादी युवा संघ, नेपालका मधेश प्रदेश अध्यक्ष कमलेश यादव, युवा नेता अबधेश यादव रहेका थिए ।

युवा परिचालन समितिले घरदैलो अभियान, जनसम्पर्क विस्तार, मतदाता भेटघाट तथा संगठन सुदृढीकरणका कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको छ। सहभागी युवाहरूले महोत्तरी–२ मा जसपा नेपालको विजय सुनिश्चित गर्न एकजुट भएर अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवाहरू तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार