शरद सिंह भण्डारीसँग समाजवादी युवा संघको भेटघाट, निर्वाचन केन्द्रित युवा परिचालनबारे छलफल

जनता 4k न्युज महोत्तरी । जनता समाजवादी पार्टी, नेपालका शिर्ष नेता तथा महोत्तरी क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार शरद सिंह भण्डारीसँग समाजवादी युवा संघ, नेपालका केन्द्रीय युवा निर्वाचन परिचालन टोली र स्थानीय युवाहरुले भेटघाट तथा छलफल गरेका छन्।

उक्त भेटघाटका क्रममा निर्वाचनलाई लक्षित गर्दै युवा परिचालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो। कार्यक्रममा केन्द्रीय युवा समितिले तय गरेका निर्वाचन केन्द्रित कार्यक्रम, रणनीति तथा कार्ययोजनाबारे जानकारी गराइएको थियो।

छलफलमा युवाहरूलाई गाउँ–टोलस्तरसम्म सक्रिय बनाउँदै मतदाता सचेतना, घरदैलो अभियान, प्रचार–प्रसार तथा संगठन विस्तारलाई तीव्रता दिने विषयमा जोड दिइएको सहभागीहरूले बताएका छन्। आगामी निर्वाचनमा व्यापक जनसमर्थन जुटाउँदै उम्मेदवार भण्डारीलाई विजय गराउन युवा शक्ति निर्णायक रूपमा परिचालन गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो भने युवाहरूले क्षेत्रको विकास, पहिचान र अधिकार सुनिश्चितताका मुद्दालाई केन्द्रमा राखेर संगठित रूपमा अगाडि बढ्ने संकल्प व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार