केपी ओलीका पिता मोहनप्रसादको अन्तिम दाहसंस्कार

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवङ्गत ओलीको शुक्रबार अपराह्न दाहसंस्कार गरिएको हो ।

आर्यघाटमा दिवङ्गत ओलीलाई उनका छोरा समेत रहेका एमाले अध्यक्ष ओलीले दागबत्ती दिएका थिए ।  एमाले लगायत विभिन्न दलका नेता–कार्यकर्ताहरुले आर्यघाट पुगेर दिवंगत ओलीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

उनको शुक्रबार बिहान भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

mohanprasad-oli (1)mohanprasad-oli (2)mohanprasad-oli (3)mohanprasad-oli (4)

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार