कान्छी समानुपातिक सांसदका रूपमा उदाइन् २६ वर्षीया सब–इन्जिनियर रुबिना ठाकुर

जनता 4k न्युज जनकपुरधाम। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१४, मुजेलियाकी २६ वर्षीया सब–इन्जिनियर रुबिना ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य (सांसद) बन्न सफल भएकी छन्। उनी नेपालकै सबैभन्दा कान्छी समानुपातिक सांसद बनेको बताइएको छ।

सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरिसकेकी ठाकुर हाल बीई अध्ययनरत छिन्। प्राविधिक शिक्षासँगै राजनीतिमा सक्रियता देखाउँदै आएकी उनले युवा पुस्ता, महिला र मधेसी समुदायको प्रतिनिधित्व गर्दै संघीय संसदमा प्रवेश गरेकी हुन्।

उनको यो उपलब्धिलाई स्थानीय स्तरमा मात्र होइन, समग्र युवापुस्ताका लागि प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ। कठिन सामाजिक–आर्थिक पृष्ठभूमिबाट उठेर राष्ट्रिय राजनीतिमा स्थापित हुनु उनको संघर्ष र प्रतिबद्धताको प्रतिफलका रूपमा लिइएको छ।

राजनीतिक विश्लेषकहरूले ठाकुरको संसद् प्रवेशले युवा र महिलाको सहभागिता अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार