जनता 4k न्युज जनकपुरधाम — नेकपा (एमाले) का सचिव महेश बस्नेत विरुद्ध पक्राउको माग गर्दै निवेदन दर्ता गरिएको छ।
उक्त निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। प्रहरीमा निवेदन बुझाएपछि उनी थप कानुनी प्रक्रियाका लागि सरकारी वकिल कार्यालयतर्फ गएकी हुन्।
प्राप्त जानकारी अनुसार, बस्नेतविरुद्ध कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। यद्यपि, यस विषयमा प्रहरीले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन।
यस घटनाले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ भने आगामी दिनमा यसको कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
