हारसर युवा समाज सेवी युवाहरुले बाँडे ब्याग सहित शैक्षिक सामग्री

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१० हारसर स्थित श्री राष्ट्रिय आधारभुत बिधालय हारसरका विधार्थीलाई शैक्षिक सामग्री तथा ब्याग वितरण गरिएको छ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं १० हारसरका यूवाहरूले एक आपसमा रकम संकलन गरेर शैक्षिक सामग्री तथा ब्याग वितरणका हुन्।

उनीहरु विद्यालयमै पुगेर कक्षा १ देखि ७ कक्षा सम्म कक्षाकोठामै शैक्षिक सामग्री वितरण गरेका हुन्। शैक्षिक सामग्रीमा झोला (ब्याग),कपी जस्ता दैनिक प्रयोगमा आउने सामग्रीहरू रहेको छ।

बालबालिका लाई आफ्नो किताब कोपी राखन सहज हुने शिक्षामा सब भन्दा पहिलो शुरूवात हारसर युवा समाज सेवीहरु को अभियान राखिएको थियो, युवाहरूको भनाई छ हामी युवाहरु निस्वार्थ रुपमा जे कार्य गर्यो भने धेरै सहज हुन्छ ।युवा चाहे सबै हाम्रो समाजको कार्य परिवर्तन गर्न सक्छौं ।

वितरण प्रक्रिया अझ प्रभावकारी बनाउनका लागि विद्यार्थीहरूलाई सजिलो तथा उनीहरूले सहजै उत्तर दिन सक्ने खालका प्रश्नहरू सोधिएको थियो।

उक्त कार्यले गाउँको सम्पुर्ण जनताहरूले युवाहरूको यस कार्यको खुलेर प्रशंसा गरे। यस्ता प्रयासले विद्यार्थीहरूको मनोबल वृद्धि हुने विश्वास व्यक्त गरे।

शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीयहरु, व्यवसायीहरु,बुद्धिजीवी, लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार