चितवनको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

जनता 4k न्युज चितवन । भरतपुर महानगरपालिका–१४ स्थित राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ निवासी ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको हो।

मोटरसाइकल नहरमा खस्दा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सुवेदीको शव परीक्षणका लागि भरतपुर अस्पतालमै राखिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार