सर्लाही–४ मा जसपा नेपालका उम्मेदवार रामेश्वर राय यादवसँग युवा परिचालनबारे रणनीतिक छलफल

जनता 4k न्युज सर्लाही। आगामी निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नं. ४ मा संगठन सुदृढीकरण तथा युवाहरूलाई सक्रिय रूपमा परिचालन गर्ने उद्देश्यले आयोजित उक्त छलफलमा समाजवादी युवा संघ, नेपालको केन्द्रीय युवा निर्वाचन परिचालन टोलीको सहभागिता रहेको थियो।

कार्यक्रममा युवाहरूको भूमिका, घरदैलो अभियानको प्रभावकारिता, मतदान केन्द्र केन्द्रित परिचालन, तथा जनतासँग प्रत्यक्ष संवाद बढाउने रणनीतिबारे विस्तृत विचार–विमर्श गरिएको थियो।

उम्मेदवार रामेश्वर राय यादवले युवाशक्तिलाई परिवर्तनको प्रमुख आधार बताउँदै निर्वाचनमा निर्णायक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, रोजगार तथा आधारभूत पूर्वाधार सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै युवाहरूलाई संगठित ढंगले जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभयो।

कार्यक्रममा सहभागी युवाहरूले पनि क्षेत्रका समस्या, जनअपेक्षा तथा प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने उपायबारे सुझाव राखेका थिए। छलफलपछि निर्वाचन लक्षित कार्यक्रमहरूलाई तीव्रता दिने तथा प्रत्येक वडामा युवा परिचालन संरचना विस्तार गर्ने निर्णय गरिएको जनाइएको छ।

समाजवादी युवा संघले आगामी दिनहरूमा सर्लाही–४ का विभिन्न पालिका तथा वडास्तरमा भेटघाट, प्रशिक्षण र जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार