युवा शक्तिको साथमा राम आशिष यादवको चुनावी अभियान तीव्र

जनता 4k न्युज रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार राम आशिष यादवको चुनावी प्रचार–प्रसार अभियान तीव्र बनेको छ। अभियानमा समाजवादी युवा संघ, नेपालका युवा साथीहरू सक्रिय रूपमा सहभागी भएका छन् ।

घरदैलो, जनसम्पर्क तथा टोल–टोलमा आयोजना गरिएका भेटघाट कार्यक्रममा युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ। युवाहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा र उम्मेदवारका प्रतिबद्धताबारे जानकारी गराइरहेका छन् ।

समाजवादी युवा संघका प्रतिनिधिहरूले युवाको रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै राम आशिष यादवलाई विजयी गराउन एकजुट भएर अभियानमा लागेको बताएका छन्। “परिवर्तन र समानताको आवाजलाई बलियो बनाउन हामी मैदानमा छौं,” उनीहरूको भनाइ छ ।

यस निर्वाचन क्षेत्रमा युवा शक्तिको सक्रियता बढ्दै जाँदा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । स्थानीय स्तरका विकास मुद्दालाई केन्द्रमा राखेर जसपाको अभियान अगाडि बढिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार